Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठक निष्कर्षविहीन


0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणमा जानुअघि प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बोलाएको बैठकमा सकारात्मक छलफल भएपनि सहमति हुन नसकेको नेताहरुले बताएका छन् ।

सीमांकनलाई टुंगो लगाउन संघीय आयोग गठन गर्ने र अन्य विषयमा नीतिगत सहमति जुटाउने भनिएकोमा नेकपा एमाले र मधेसी मोर्चाको अडानका कारण सम्भव नभएको जनाइएको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रमुख प्रतिपक्षी दल एमाले र मधेसी मोर्चाको शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।