२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025


लन्डन आक्रमणकारीको पहिचान, शंकास्पद ८ जना पक्राउ


0
Shares

प्रहरीले घटनामा संलग्न व्यक्ति ५२ वर्षीय खालिद मसुद भएको जनाएको हो । उनी बेलायतको कैट काउन्टीमा जन्मिएर हाल वेस्ट मिडल्यान्डस्मा बस्दै आएको प्रहरीले दाबी गरेको छ ।

यसैबीच बेलायती सुरक्षा बलले बर्मिङ्घम शहरमा छापा मारेर घटनामा संलग्न रहेको आशंकामा आठ जनालाई पक्राउ गरेको छ । वेष्टमिनिस्टरस्थित संसद् भवननजिकै बुधबार गराइएको आक्रमणमा परी प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो । घटनामा २९ जना घाइते भएको र केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

इस्लामिक अतिवादी समुह आईएसले आफ्नो लडाकुले आक्रमण गरेको दाबी गरेको छ । (एजेन्सी)