
स्पेनको प्रोएक्टिवा ओपन आम्र्स नामक एक सहायता दलले लिबियाको तटीय क्षेत्रमा यी आप्रवासी चढेको टुंगा डुबेको जनाएको हो । सहायता दलले अहिलेसम्म समुद्रबाट पाँच जनाको शव निकालेको जनाएको छ ।
मानव तस्करले डुंगामा क्षमताभन्दा बढी आप्रवासीलाई लिएर गइरहेका बेला डुंगा डुबेको हो । अघिल्लो वर्ष युरोप प्रवेश गर्न खोज्ने आप्रवासी चढेका डुंगा दुर्घटना हुँदा ५ हजारभन्दा बढीको मृत्यु भएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्