Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


विद्युतविना नै कुटानी पिसानी सेवा सुरु


0
Shares

स्थानीय लेगुवा खोलाको पानी प्रयोग गरि मिल सञ्चालनमा ल्याइएपछि धनकुटाको मारेककटहरे, लेगुवा, जीतपुर र चानुवालगायत ठाउँका बासिन्दाले सस्तोमा कुटानी पिसानी सेवा पाएका छन् ।

चामल, चिउरा, पीठो पिस्न र तेल पेल्न इन्धन र बिजुलीको भर पर्नु नपर्ने भएपछि उर्जा र स्थानीयको समय बचतमा सहयोग पुगेको छ । मारेककटहरे, लेगुवा, जीतपुर र चानुवा क्षेत्रमा कुटानी पिसानी र काठका सामग्री कँुद्ने तीन वटा परम्परागत वाटर टर्वाइन सञ्चालनमा छन् ।