
शुक्रबार राजधानीमा निर्वाचन आयोगले गरेको कार्यक्रममा प्रमुख आयुक्त यादवले मतपत्र छपाइको काम जारी रहेको भन्दै निर्वाचनप्रति आशंका नगर्न आग्रह गरे ।
उनले जिल्ला तहमा मतदान केन्द्र तय गर्ने काम भइरहेको जानकारी पनि दिए ।
आयोगले सबै दललाई बोलाएर स्थानीय तहमा हुने महिलाको सहभागिताबारे जानकारी गराएको हो ।
कार्यक्रममा साना दलका नेताहरुले भने थ्रेसहोल्डको व्यवस्थाप्रति आपत्ति जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्