Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


एमाले सांसद दुलारीको पार्थिव शरीरमा श्रद्धाञ्जलि


0
Shares

सांसद दुलारीको शवलाई शुक्रबार बिहान अन्तिम श्रद्धाञ्जलिका लागि एमाले मुख्यालय धुम्बाराहीमा राखिएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाललगायतले दुलारीको पार्थिव शरीरमा श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

अध्यक्ष ओलीले दुलारीको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएका थिए ।

दुलारीप्रति श्रद्धाञ्जलि दिन उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलगायत मन्त्रीहरु एमाले पार्टी कार्यालय पुगेका थिए ।

गत चैत ५ गते भारतको सीतामगढीमा दुर्घटनामा परेकी सांसद दुलारीको उपचारकाक्रममा बिहीबार साँझ ललितपुरको बी एन्ड बी अस्पतालमा निधन भएको हो ।