
जिल्ला मतदान केन्द्र सिफारिस समितिले पाँच गाउँपालिकामा उक्त संख्यामा मतदान केन्द्र निर्धारण गर्न निर्वाचन आयोगलाई सिफारिस गरिएको हो ।
जिल्ला निर्वाचन अधिकारी सीताराम शर्मा लामिछानेले मतदातालाई असहज नहुने तरिकाले मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिए ।
‘धेरैमा आधा घन्टाको बाटोमा हामीले मतदान केन्द्र निर्धारण गरेका छौं । सबैले मतदान गर्ने वातावरण पनि बन्दैछ’–उनले भने ।
मुस्ताङमा पाँचओटा गाउँपालिकामध्ये लोमान्थाङ गाउँपालिकामा सबैभन्दा बढी मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
विभिन्न चरणमा संकलन गरिएको फोटोसहितको मतदाता नामावलीबाट जिल्लामा आठ हजार पाँचसय ३७ मतदाता रहेको अधिकारी लामिछानेले जानकारी दिए ।
‘केही दिनमै मतदाता शिक्षा कार्यक्रम सन्चालन गर्ने तयारीमा हामी जुटेका छौं, बदर मतलाई कम गराउने अभियानमा कार्यालय लागेको छ’–उनले भने ।
सुनसरीमा १६५ मतदान केन्द्र
स्थानीय निकायको निर्वाचनका लागि सुनसरीमा १६५ मतदान केन्द्र निर्धारण गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय सुनसरीले दिएको जानकारीअनुसार जिल्लामा १६५ ओटा मतदान केन्द्र तोक्ने निर्णय गरिएको हो ।
चुनावको मिति नजिकिँदै जाँदा सुरक्षा व्यवस्था मजबुत् बनाउने र सुरक्षाका दृष्टिले संवेदनशील हुनसक्ने स्थानको अध्ययन गरी निगरानी र सतर्कता बढाउने सन्दर्भमासमेत कार्यालय गम्भीर रहेको कार्यालयले जनाएको छ ।
कार्यालयले दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँपालिका गरी जिल्लामा १६५ मतदान केन्द्र तोकेको जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी शान्तिबहादुर अधिकारीले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्