
आगामी वैशाख ३१ गते स्थानीय निर्वाचनमा हुने सबै प्रक्रियाको अनुगमनका लागि त्यस्तो निर्देशिका बन्दै गरेको र चाँडै जारी हुने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
आयोगले यसअघि निर्वाचन आचारसंहिता अनुगमन निर्देशिका–२०७३, स्थानीय तह निर्वाचन पर्यवेक्षण नीति र निर्देशिका–२०७३ भने जारी गरिसकेको छ ।
यस्तै, आयोगले मतदाता शिक्षा कार्यक्रम कार्यान्वयन निर्देशिका–२०७३ पनि जारी गरिसकेको छ ।
निर्वाचन ऐन, २०७३ को दफा ४४ बमोजिम ती निर्देशिका जारी भएका हुन् ।
आयोगमा पर्यवेक्षण पाऊँ भनी संस्थागत आवेदन दिनेक्रम सुरु भएको छ ।
स्थानीय तह निर्वाचन पर्यवेक्षण नीति र निर्देशिकामा निर्वाचनलाई स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न गराउन गोप्य मतदानबाहेकका अन्य प्रक्रियामा अधिकतम् पारदर्शी बनाइने उल्लेख छ ।
सोका लागि पर्यवेक्षक हुने संस्था र व्यक्तिलाई अभिमुखीकरण र क्षमता विकास गरी खटाउने आयोगको नीति छ । रासस
प्रतिक्रिया दिनुहोस्