
इजिप्टको सबैभन्दा ठूलो पुनरावेदन अदालतले शुक्रबार पूर्वराष्ट्रपति मुबारकलाई हत्याको आरोपबाट मुक्त गरेपछि उनी नजरबन्दबाट पनि मुक्त भएका हुन् ।
त्यसलगत्तै मुबारक कायरोस्थित आफनो निवासमा पुगेका छन् ।
मुबारकमाथि सन् २०११ मा भएको जनविद्रोहकाबेला सयौं प्रदर्शनकारीको हत्या गरेको आरोप लागेको थियो । तर, अदालतले यो विषयमा मुबारक दोषी नदेखिएको ठहर गरेको छ ।
मुबारकलाई यसअघि सो आरोपमा जन्मकैदको सजाय सुनाइएकोमा पुनः सुनवाइमा पुनरावेदन अदालतले उनलाई उन्मुक्ति दिएको हो ।
८८ वर्षीय वृद्ध र बिरामी मुबारक इजिप्टको एक सैन्य अस्पतालमा विगत चार वर्षदेखि नजरबन्दमा थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्