Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


मजदुरको अभाव टार्न १२ वटा हाते ट्याक्टर वितरण


0
Shares

काम गर्ने उमेर समूहका युवा विदेश पलायन भएपछि बाँझिँदै गएको जमीन खनजोतका लागि सघाउन यस्ता ट्याक्टर वितरण गर्न थालिएको हो ।

जनशक्तिका हिसावले कम खर्चले पनि अधिकतम खनजोत गर्न मिल्ने ट्याक्टर १२ वटा किसान समूहलाई जिल्ला कृषि विकास कार्यालयले १२ वटै मेशिन बाँडेको हो ।

सेभेन हर्स अथवा सात वटा घोडा बराबरको क्षमता राख्ने हाते ८० हजार पर्ने ट्याक्टर ५० प्रतिशत अनुदानमा किसानलाई दिइएको हो ।

मध्य पहाडी वृहत्तर मकै उत्पादन, समुदायमा आधारित कृषि सिंचाई परियोजना र कृषि प्रसार कार्यक्रम अन्तर्गत हाते ट्याक्टर प्रदान गरिएको हो ।