Logo १४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026


निर्वाचनमा तीन तहको सुरक्षा व्यवस्था, आवश्यकताअनुसार सेना परिचालन


0
Shares

                                                                                     फाइल फोटो
जिल्ला सुरक्षा समितिका संयोजक तथा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले रासससँग कुरा गर्दै निर्वाचनमा मतदाता तथा मतदान केन्द्रका लागि केन्द्रीय सुरक्षा नीतिअन्तर्गत् रहेर उच्च सुरक्षा व्यवस्था गर्ने बताए ।

सुरक्षा नीतिअन्तर्गत् मतदान केन्द्रलाई लक्षित गरी पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी तथा आवश्यकताअनुसार नेपाली सेनासमेत परिचालन गर्ने जनाइएको छ ।

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन सफल पार्न मतदान केन्द्र र मतदाताको सुरक्षालगायतका विषयमा बारम्बार जिल्ला सुरक्षा समितिको बैठक बस्ने गरेको पर्साका प्रजिअ घिमिरेले बताए । रासस