संघको बागमती अञ्चल शाखाको शनिबार ललितपुरमा भएको तेस्रो अधिवेशनमा सरोकारवालाहरुले औषधि व्यवसायीको हक, अधिकारका लागि सरकार उदासीन रहेको भन्दै संगठित हुन आग्रह गरेका हुन् ।
स्वास्थ्य संस्था स्थापना तथा स्तरोन्नतिसम्बन्धी निर्देशिका संशोधन आवश्यक रहेको भन्दै व्यवसायीहरुले स्वास्थ्य क्षेत्रमा विशेष नीति आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले विभागबाट जारी ऐन, नियम तथा संहिता पालन गर्न व्यवसायीहरुलाई आग्रह गरे ।
नेपाल औषधि व्यवसायी संघका कोषाध्यक्ष अजय प्रधानले गुणस्तरीय, असरयुक्त औषधिको सहज उपलब्धता तथा मूल्यमा एकरुपता आवश्यक भएकोमा जोड दिए ।









प्रतिक्रिया दिनुहोस्