
निर्वाचनको तयारीकाबारेमा विराटनगरमा शनिबार गरिएको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त डा. यादवले स्थानीय तहको निर्वाचन ऐतिहासिक हुने दाबी गरे ।
उनले लामो समयपछि स्थानीय निर्वाचन हुन लागेकाले सबैले उपयोग गर्नुपर्ने बताए ।
सबै दल निर्वाचनको पक्षमा रहेकाले राजनीतिक समस्याको समाधान हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।
उनले हालसम्म आयोगले स्थानीय तहको निर्वाचनका लागि आवश्यकपर्ने मतदाता शिक्षा कार्याक्रम, २२ जिल्लाको मतपत्र छाप्ने कार्य पूरा भइसकेको र आगामी चैत २० गतेदेखि मतदात परिचयपत्र, मतदाताको सूची प्रकाशन गर्ने कार्य सुरु हुने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्