Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


अष्ट्रेलिया ३०० रनमै रोकियो, डेब्यु खेलमै कुलदीप नायक


0
Shares

शनिबारदेखि सुरु खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो पारीमा ३०० रन बनाएको छ ।

अष्ट्रेलियाका कप्तान स्टेभेन स्मिथले १११ तथा म्याथ्यु वाडे र डेभिड वार्नरले अर्धशतक बनाए ।

भारतका लागि ‘डेब्यु’ खेलाडी कुलदीप यादवले ६८ रन खर्चेर ४ विकेट लिए । त्यस्तै, उमेश यादवले २ विकेट झारे ।

जवाफमा मैदानमा उत्रिएको भारतले पहिलो दिन सम्भव भएको एक ओभरमा रनको खाता खोलेको छैन ।

जारी शृंखलामा १/१ को बराबरी भएकाले यो खेल निर्णायक बन्नेछ ।

दक्षिण अफ्रिका र न्यूजिल्यान्डबीचको तेस्रो टेस्ट
दक्षिण अफ्रिका र न्यूजिल्यान्डबीचको तेस्रो टेस्ट क्रिकेट ह्यामिल्टनमा सुरु भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले खराब मौसमका कारण पहिलो दिन ४१ ओभरमात्र सम्भव भएको खेलमा ४ विकेटको क्षतिमा १२३ रन बनाएको छ ।