२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


पाकिस्तान र बंगलादेशसँगको सिमाना बन्द गर्ने भारतको चेतावनी


0
Shares

आतंककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्नका लागि ती दुई देशसँगको सिमानामा बन्द गर्नुपर्ने भारतको भनाइ छ ।

‘भारतले सम्भव भएसम्म चाँडो पाकिस्तान र बंगलादेशसँगको अन्तर्राष्ट्रिय सिमाना बन्द गर्ने योजना बनाइरहेको छ, आतंककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्न भारतले यो गर्नुपर्दछ’–गृहमन्त्री राजनाथ सिंहले भने ।

‘पाकिस्तानसँगको सिमाना आउँदो सन् २०१८ देखि नै बन्द हुनेछ, घुसपैठ बढ्दै गएकाले यस्तो निर्णय लिइएको हो’–उनले भने । रासस/सिन्ह्वा