Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


तमोर, सेतीजस्ता जलाशययुक्त आयोजना सरकारले आफ्नै लगानीमा बनाउने : ऊर्जामन्त्री


0
Shares

तमोर, सेतीजस्ता जलाशययुक्त आयोजना सरकारले आफ्नै लगानीमा बनाउने तयारी गरिरहेको उनको भनाइ छ ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री शर्माले उज्याले नेपाल अभियानअन्तर्गत् ‘नेपालको पानी जनताको लगानी’ अभियानमा लगानी गर्न आग्रह गरे ।

सरकारले बनाउने ठूला जलविद्युत् आयोजनामा नेपालीको नै लगानी हुने उनले उल्लेख गरे ।

उनले ऊर्जा क्षेत्रमा लगानी गरी राष्ट्र समृद्ध बनाउने अभियानमा सहभागी हुन पनि सबैलाई आग्रह गरे ।

नेपालको प्राकृतिक स्रोतको सदुपयोग हुन नसकेको भन्दै उनले नेपालमा रहेको पर्याप्त पुँजी र सक्षम जनशक्तिको माध्यमबाट ऊर्जा क्षेत्रमा लगानी गराउन सरकारले पहल गरिरहेको बताए ।

उनले वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई पनि कम्तीमा एक महिनाको तलब नेपालको जलविद्युत् आयोजनामा लगानी गर्न आग्रह गरे ।