ललितपुरको सानेपास्थित पार्टी मूख्यालयमा आजदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टी बरियता क्रममा २९ नम्बरसम्म रहेका केन्द्रीय सदस्यलाई समेटेर कार्यसम्पादन समिति बनाएको हो ।
कार्यसम्पादन समितिमा रहेकाहरु मध्येबाटै पार्टी उपसभापति, महामन्त्री र सहमहामन्त्री चयन गरिने पनि कांग्रेसले जनाएको छ । केन्द्रीय कार्यसम्पादन समिति कांग्रेसको केन्द्रीय समितिपछिको सबैभन्दा शक्तिशाली निकाय हो ।
केन्द्रीय समितिको बैठक बस्न नसक्दा कार्यसम्पादन समितिले नै महत्वपूर्ण निर्णय गर्ने कांग्रेसको विधानमा उल्लेख छ ।
त्यस्तै पार्टीको केन्द्रीय विभाग ४२ वटा बनाउन पनि केन्द्रीय समितिले अनुमति दिएको छ । कार्यसम्पादन समितिमा रहेका सदस्यहरुलाई केन्द्रीय विभागमा नराख्ने सहमति पनि भएको केन्द्रीय सदस्य रमेश रिजालले जानकारी दिए ।
बैठकले स्थानीय निकाय निर्वाचनका लागि पार्टीको तर्फबाट घोषणा पत्र बनाउन केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा समिति बनाएको छ ।





प्रतिक्रिया दिनुहोस्