Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


सीमाङ्कनसहित संविधान संशोधन भएमात्र निर्वाचन : अध्यक्ष ठाकुर


0
Shares

आइतबार राजविराजमा पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै अध्यक्ष ठाकुरले सीमाङ्कन मधेसी मोर्चाको बटमलाइन भएकाले सीमाङ्कनको व्यवस्थापन नभएसम्म निर्वाचनमा नजाने दृढता व्यक्त गरे ।

उनले विगत र अहिलेका सरकारले संविधान संशोधनको प्रस्ताव पारित गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयनप्रति गम्भीर हुन नसकेको आरोप लगाउँदै मोर्चाको माग पूरा नभए आन्दोलनको विकल्प नभएको बताए ।

‘संविधान संशोधन कसरी हुन्छ, त्यो काम सरकारको हो, यसमा सबैले सहयोग र साथ दिनुपर्छ,’ उनले भने ।

अध्यक्ष ठाकुरले नेकपा एमालेको मेची महाकाली अभियानअन्तर्गत गत फागुन २३ गते सप्तरीको मलेठमा प्रहरीद्वारा मारिएका पाँच जना निर्दोष भएकाले दोषी प्रहरीमाथि कारबाही हुनुपर्ने माग गरे । (रासस)