Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


शेयर बजार बुलिस ट्रेण्डमा, नेप्से ४७ अंकले बढ्यो


0
Shares

बजार परिसूचक नेप्से ४७ अंकले उकालो लागेर १५ सय ३३ पुग्यो । कारोबार भएका सबै समूह उकालो लागे । बीमा समूह सबैभन्दा उच्च २ सय ३ अंकले उकालो लाग्यो । जलविद्युत समूहमा पनि १ सय ६० अंक बराबरको बृद्धि आयो ।

होटल समूह ९६ अंकले उक्लियो । विकास बैंक समूह ६० अंकले बढ्यो भने वाणिज्य बैंक समूहमा पनि ४४ अंकले उकालो लाग्यो । वित्त समूह पनि दोहोरो अंकले बढ्दा अन्य समूहचाहीँ सामान्य अंकले सकारात्मक रह्यो ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४३ कम्पनीको ३७ लाख कित्ता बराबर शेयर १ अर्ब ७६ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।