Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


पूँजीगत खर्चमा सुधार, २३ प्रतिशत पुग्यो


0
Shares

अर्थसचिव शान्तराज सुवेदीले ईमेज च्यानलसँग कुरा गर्दै मन्त्रालयको निरन्तर अनुगमन र ठुला मन्त्रालयले व्यहोरेको समस्या समाधान भएपछि पूँजीगत खर्च बढेको बताए ।

पुस मसान्तसम्म ३५ अर्ब मात्रै पूँजीगत खर्च भएकोमा चैत्र १२ सम्म बढेर ७१ अर्ब रुपैयाँ पुगेको सचिव सुवेदीले बताए । पछिल्ला समय ठुला बजेट भएका मन्त्रालयको कार्यप्रगतिमा सुधार आएको उनले बताए ।

सिंचाई, भौतिक पूर्वाधार, शहरी विकास, उर्जालगायतका मन्त्रालयले विकास आयोजनालाई अगाडि बढाउँदा पूँजीगत खर्चमा बृद्धि आएको हो ।

पूँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले सबै मन्त्रालयसँग समन्वय गर्दै परेको समस्या समाधानमा चासो देखाउँदै आएको जनाएको छ ।