
सिरियाली डेमोक्रेटिक फोर्सका प्रवक्ता तलाल सेलोले टकवा हवाई अड्डा नियन्त्रणमा लिएको दाबी गरेका हुन् । हवाई हड्डा नियन्त्रणमा लिने कुर्दिस लडाकु समूहलाई अमेरिकाको समर्थन छ ।
जसले सिरियाली राष्ट्रपति बसर अल असदविरुद्ध संघर्ष गर्दै आएको छ । रक्का आइएसको गढ मानिन्छ ।
आइएसले सन् २०१४ मा हवाई अड्डा कब्जामा लिएको थियो । यसअघि यो हवाई अड्डा सिरियाली सेनाको नियन्त्रणमा थियो ।
हवाई हड्डा नियन्त्रणमा लिएर इस्लामिक स्टेटले डैम र टबका कस्बेमा समेत अधिकार जमाउँदै आएको थियो ।
टबका रक्काको नजिक रहेको स्थान हो । यसअघि आइतबार आइएसले टबका डैममा तनाव हुन सक्ने चेतावनी दिएको थियो ।
आइएसको चेतावनीपछि मानिसहरु शहर छाडेर बाहिर जान थालेका थिए । तर पछि आइएसले शहर बाहिर नजान सर्वसाधारणलाई अपील गरेको थियो ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्