चीनको बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा हुने भेटमा आपसी हितका बारेमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपतिबीच हुने भेटवार्तालाई विशेष महत्वका साथ हेरिएको छ ।
भेटमा चीनको ‘वान रोड, वान बेल्ट’ अवधारणमा नेपालको साझेदारीसँगै नेपालको विकासमा चिनियाँ सहयोग र चीनको ‘एक चीन नीति’मा नेपालको धारणबारे पनि छलफल हुने बताइएको छ ।
त्यस्तै गतवर्ष भएको पारवहन तथा यातायातसम्बन्धी सम्झौताका आधारमा तयार गरिएको प्रोटोकल, विद्युत् प्रसारणलाइन तथा ग्रिडलगायत सीमासम्बन्धी विषयमा छलफल हुने बताइएको छ ।
भेटवार्तामा प्रधानमन्त्री दाहालले राष्ट्रपति पिङलाई नेपाल भ्रमणको निम्तो समेत दिनुहुने भएको छ । चैत १० गते चीन जानुभएका प्रधानमन्त्री दाहाल भोलि ल्हासा गएर पर्सि स्वदेश फर्कने कार्यक्रम छ ।





प्रतिक्रिया दिनुहोस्