
नेपाल पहिलो खेलमा सोमबार पाकिस्तानी २३ वर्षमुनिको टिमसँग ६ विकेटले पराजित भएको हो ।
कक्स बजारस्थित शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित् ५० ओभरमा ९ विकेटको क्षतिमा १८० रन बनायो ।
सुनील धमलाले सर्वाधिक ४३ रन जोड्दा शरद भेषावकरले ३८ रनको योगदान दिए ।
कप्तान ज्ञानेन्द्र मल्ललाई २ रनमै गुमाएको नेपालको इनिङमा चौथो विकेटका लागि धमला र भेषावकरले ७९ रनको साझेदारी गरे ।
विनोद भण्डारीले २४ तथा आरिफ शेखले अविजित रहँदै १८ रन जोड्दा नेपालले अतिरक्तकारुपमा ३४ रन पाएको थियो ।
पाकिस्तानका गुलाम मुदासरले सर्वाधिक ५ विकेट लिए ।
जवाफमा पाकिस्तानले ४५ ओभर १ बलमै ४ विकेटको क्षतिमा विजय हासिल गर्यो ।
ओपनिङ ब्याट्सम्यान इमाम उल हकले अविजित रहँदै १०४ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल र सन्दीप लामिछानेले २/२ विकेट लिए ।
समूह ‘बी’मा रहेको नेपालले अब मंगलबार बंगलादेशसँग खेल्नेछ ।
यसैगरी, समूहको अन्तिम खेलमा नेपालले बिहीबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको समूह ‘ए’मा भारत, श्रीलंका, अफगानिस्तान र मलेसिया रहेका छन् ।
तस्वीर सौजन्यः रमन शिवाकोटी ।
प्रतिक्रिया दिनुहोस्