२१ जेष्ठ २०८२, बुधबार | Wed Jun 4 2025


यस्तो छ सुनसरीमा चुनावको माहोल (भिडियो रिपोर्ट)


0
Shares

१९ वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा सुनसरीका विभिन्न राजनीतिक दलले चुनावी तयारी तीव्र पारेका छन् ।

प्रमुख राजनीतिक दल कांग्रेस, एमाले, माओवादी, राप्रपालगायत दलले आन्तरिकरुपमा निर्वाचन तयारी तीव्र पार्दै जनताको घरदैलो धाउन थालेका छन् ।

दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँपालिका रहेको सुनसरीमा चुनावको मिति नजिकिएसँगै सर्वसाधारण उत्साहित देखिएका हुन् ।

४ लाख २१ हजार ८ सय १० मतदात रहेका सुनसरीमा सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै स्थानीय वासिन्दा अब जिल्ला र स्थानीयरुपमा विकासले गति लिनेमा ढुक्क छन् ।

१९ वर्षसम्म स्थानीय निकायको निर्वाचन नहुँदा कर्मचारीले जनताको काम चुस्त–दुरुस्त गर्न नसकको भन्दै निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले जिल्लाको विकासमा योगदान दिने जिल्लावासीको अपेक्षा छ ।

स्थानीय निर्वाचन सम्पन्न गर्न जिल्ला निर्वाचन कार्यालय सुनसरीले तयारी तीव्र पारेको जिल्ला निर्वाचन अधिकारी जानकी कर्णले बताए ।

निर्वाचनको तयारीस्वरुप मतदाता शिक्षा, मतपेटिकाको सरसफाइ गरी निर्वाचनमा खटाउने कर्मचारीको विवरण तयार भइरहेको उनले जानकारी दिए । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्