Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


स्वर्गद्वारीको विकासका लागि होटल व्यवसायीले सहयोग गर्ने


0
Shares

स्वर्गद्वारी तपोभूमि क्षेत्रको सांस्कृतिक तथा भौतिक संरचनाको विकासका लागि समन्वयकारी भूमिका खेल्ने उनीहरुले जनाएका हुन् ।

होटल व्यवसायी महासंघ नेपाल र होटल व्यवसायी संघ प्यूठानले हालै स्वर्गद्वारी मन्दिर परिसरमा गरेको यससम्बन्धी छलफल कार्यक्रमा व्यवसायीहरुले सहयोगको प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा व्यवसायीहरुले स्वर्गद्वारीको विकासका लागि सातबुँदे घोषणापत्रसमेत जारी गरेका थिए ।

संघका केन्द्रीय अध्यक्ष अमृत भुजेलले यस क्षेत्रमा संरचना निर्माणको अनुमति पाए सांस्कृतिक तथा धार्मिक मूल्य–मान्यताअनुरुप व्यवसाय सन्चालन गरेर पर्यटन विसकासमा योगदान दिने बताएका थिए ।