Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


राष्ट्र बैंक र भारतीय रिजर्ब बैंकबीच कुरा मिलेन, भारतीय अडान कायमै


0
Shares

आरबीआईकी कार्यकारी निर्देशक डा. दिपाली पन्त जोशीको नेतृत्वमा नेपाल आएको भारतीय टोली र राष्ट्र बैंकका अधिकारीहरुबीच आइतबारदेखि छलफल भएको थियो ।

तर, भारतीय टोलीले जनही ४५ सयसम्ममात्र भारतीय नोट साट्न सकिने अडान नछोडेपछि वार्ता बिनानिष्कर्ष टुंगिएको जनाइएको छ ।

राष्ट्र बैंक अधिकारीहरुले भने जनही २५ हजार भारुसम्म साट्नुपर्ने अडान राख्दै आएका छन् ।

अब राष्ट्र बैंकले नेपाल सरकारसँग छलफल गर्ने र यही सीमामै भएपनि नोट साट्न सरकार तयार भए साटिने अवस्था रहेको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।

भारतीय पक्षले भारतमा पनि प्रतिव्यक्ति ४५ सय भारुमात्र साट्न सकिने व्यवस्था भएको भन्दै यसैमा अडान राखेको जनाइएको छ ।

कालोधन रोक्न भन्दै नरेन्द्र मोदी नेतृत्वको भारतीय सरकारले गत कात्तिक २३ गते रातिदेखि लागू हुने गरी ५०० र एक हजारदरका भारु नोटको कारोबारमा प्रतिबन्ध लगाएको थियो ।