२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


नेपाली युवती देह व्यापारको आरोपमा भारतको राजस्थानमा पक्राउ


0
Shares

भारतीय संचारमाध्यमका अनुसार नेपालको अर्घाखाँची जिल्ला घर भएकी ती युवतीलाई राजस्थानको सीकरस्थित एउटा होटलमा आपत्तिजनक अवस्थामा पक्राउ गरिएको हो । ती युवतीले एक घण्टाका लागि दुईदेखि तीन हजार रुपैयाँ लिने गरेको प्रहरीको दाबी छ ।

प्रहरीले सोमबार राति गरेको कारवाहीमा अन्य तीन जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा होटल मालिक र दलाल रहेको बताइएको छ ।

कल सेन्टर खोलेर ‘हाइ प्रोफाइल’ व्यक्तिका लागि देहव्यापार गर्दै आएको सूचनाका आधारमा प्रहरीले कारवाही गरेको बताइएको छ । कारवाहीका क्रममा प्रहरीकै एक सदस्यलाई नक्कली ग्राहक बनाएर होटलमा पठाइएको थियो ।

ती युवती विवाहित रहेको र उनको पति दिल्लीस्थित एक होटलमा काम गर्दै आएको प्रहरीको दाबी छ । प्रहरीका अनुसार पक्राउ परेकी युवतीले पतिलाई समेत आफ्नो पेशाका बारेमा राम्रो जानकारी रहेको बताएकी छन् । (एजेन्सी)