अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले कमी आएर तोलाको ५४ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य सोमबार तोलामा २ सय रुपैयाँले उकालो लागेर तोलाको ५५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ बढेर तोलाको ८ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस १२ सय ६० डलर हाराहारीमा कारोबार भएको थियो ।









प्रतिक्रिया दिनुहोस्