Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


सेयर बजारमा छलाङ, ‘सर्किट ब्रेक’ लाग्दै ७६ अंकले उकालो लागेर नेप्से १६ सय माथि


0
Shares

‘सर्किट ब्रेक’ लाग्दै बजार परिसूचक नेप्से ७६ अंकले उकालो लागेर १६ सय १० पुग्यो । कारोबार पनि डेढ अर्ब बराबर पुग्यो ।

नेप्से ५ प्रतिशतले बढेसँगै २ बजे नै कारोबार स्थगित भयो । कारोबार भएका सबैजसो समूह उकालो लागे ।

बीमा समूहमा ५ सय ३ अंकको उच्च बृद्धि आयो । जलविद्युत् समूह पनि १ सय ६ अंकले उकालो लाग्यो । विकास बैंक समूहमा ८२ अंक, वाणिज्य बैक समूहमा ७५ अंक, अनि होटल समूहमा पनि ७१ अंकको वृद्धि आयो । वित्त समूहमा ३८ अंकको सुधार आउँदा अन्य समूह पनि दोहोरो अंकले सकारात्मक रह्यो । उत्पादनमूलक समूह भने स्थीर रह्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४४ कम्पनीको २६ लाख कित्ता बराबर सेयर १ अर्ब ४० करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।