एडिबी नेपालस्थित कार्यालयले मंगलबार सार्वजनिक गरेको आर्थिक परिदृश्यमा चालु वर्षमा आर्थिक वृद्धि ५.२ देखि ६.२ प्रतिशतको बीचमा रहने संशोधित प्रक्षेपण गरेको जनाएको हो ।
यस्तै एडीबीले मूल्यवृद्धि ६ देखि साढे ६ प्रतिशतको बीचमा रहने अनुमान गरेको छ ।
एडीबीका अर्थविद् शरद भण्डारीले सामान्य अवस्थामा फर्किएको व्यापार, लोडसेडिङमा आएको कमी, सामान्य मौसमी अवस्था एवं भूकम्पपछिको पुनःनिर्माणले लिएको गतिका कारण यस वर्ष आर्थिक परिदृश्य आशालाग्दो देखिएको बताए ।
एडीबीले यस वर्ष सरकारले महत्वाकांक्षी बजेट ल्याएपनि खर्चको कार्यसम्पादन भने उत्साहजनक नरहेको जनाएको छ ।
बजेट कार्यान्वयनमा सरकारको कमजोर क्षमता यसपटक पनि देखिने संकेत गरेको एडीबीले जनाएको छ ।
नेपालको उच्च आर्थिक वृद्धिका लागि प्राथमिक क्षेत्रमा स्वदेशी एवं वैदेशिक लगानी बढाउनुपर्नेमा एडीबीले जोड दिएको छ ।
एडीबीका देशिय निर्देशक किनिची ओकोयामाले पूर्वाधार र लगानी सम्मेलनमा वैदेशिक लगानीलाई उच्च प्राथमिकतामा राखेको राजनीतिक प्रतिबद्धताले सकारात्मक सन्देश दिएको बताए ।
वैदेशिक लगानी भित्र्याउन भिसा र आम्दानी फिर्ता लैजाने प्रक्रियालाई सहज बनाउन एडीबीले सुझाव दिएको छ ।









प्रतिक्रिया दिनुहोस्