बोआओ सम्मेलनमा भाग लिन चीन जानुभएका प्रधानमन्त्री दाहाल आज बिहान स्वदेश फर्किएका हुन् ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति, उपप्रधानमन्त्री लगायतसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए ।
चिनियाँ राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री दाहालले चिनियाँ रेल लुम्बिनीसम्म ल्याउन र तातोपानी नाका सुचारु गर्न आग्रह गरेका थिए ।
सोमबार बेइजिङमा चिनियाँ राष्ट्रपतिको भेटपछि दाहालले मंगलबार तिब्बतका चिनियाँ कम्यिुनिस्ट पार्टी प्रमुख वु यिङजेइसँग भेटवार्ता गरेका थिए ।
सो क्रममा वुले चीनले तातोपानी नाका खुलाउनका लागि सडक सुधार गर्ने तयारी गरिरहेको जानकारी गराएका थिए ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले बोआओ सम्मेलनलाई सम्बोधन गरेका थिए । नेपाली भ्रमण टोलीले चीन भ्रमण सफल भएको निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री दाहालको नेतृत्वमा नेपाली उच्चस्तरीय टोली चैत १० गते चीन गएको थियो ।





प्रतिक्रिया दिनुहोस्