२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


रसुवामा चुनावका लागि अधिकांश नेता जिल्ला फर्किए


0
Shares

चुनावको विषयमा पार्टीमा आन्तरिक छलफल गरी उचित वातावरण बनाउन दलहरुले गतिविधि बढाएका छन् ।

काठमाडौंमा बसोबास गरिरहेका अधिकांश नेता पनि जिल्ला फर्किएका छन् ।

रसुवामा ९ ओटा दल दर्ता छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालले चुनावका लागि आन्तरिक तयारीलाई तीव्रता दिएका हुन् ।

रसुवामा ४२ ओटा मतदान केन्द्र कायम गरिएको छ भने २७ हजार ५ सय ४३ मतदाता छन् ।