२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025


पेरुमा १४० यात्री सवार विमानमा आगोलागी


0
Shares

विमानले भुइँ छोइसकेपछि आगोलागी भएकाले अग्नि नियन्त्रक दल तत्कालै त्यहाँ पुगी उद्धार गर्न सफल रहेकाले विमानमा सवार सबै यात्रीहरु सकुशल रहेका पनि स्थानीय सन्चारमाध्यहरुले जनाएका छन् ।

पेरुभियन एअरलाइन्सको उक्त बोइङ–७३७ विमानमा चालकदलका सदस्यसहित १४० जना यात्री सवार रहेका पनि पेरुको एउटा दैनिक पत्रिका ‘एल कमर्सियो’ले उल्लेख गरेको छ ।

उक्त विमान मंगलबार स्थानीय समयानुसार साँझ ५ बजे (नेपाली समयानुसार बुधबार बिहान सबेरै) जाउजा विमानस्थलमा अवतरण गर्न लागेको थियो ।

घटना भइरहेको समयमै विमानस्थल परिसरबाहिरबाट कोही शोखिनदार व्यक्तिले खिचेको भिडियो क्यामेराले दुर्घटनाग्रस्त विमानबाट कालो र बाक्लो धुवाँको मुस्लो उठिरहेको र यस धुवाँको मूस्लोले यात्रीमाझ ठूलो त्रास सिर्जना गरेको दृश्य देखाएको थियो ।

के–कस्ता कारणले विमानमा आगोलागी हुन पुगेको हो सो तथ्य तत्काल खुल्न नसकेको पनि जनाइएको छ । रासस/सिन्ह्वा