Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


बुधबार नेप्से २२ अंकले घट्यो, कारोबार भने साढे दुई अर्ब नाघ्यो


0
Shares

यसदिन सेयर बजार परिसूचक नेप्से २२ अंकले घटेर १५ सय ८८ अंकमा आइपुग्यो ।

कारोबार सुरुआती समयमा नेप्से बढेर १६ सय ४२ पुगेपनि पछि उतार–चढावबीच ऋणात्मक रहन गएको हो । यसदिन व्यापारबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आयो ।

बीमा समूह सबैभन्दा उच्च १ सय ५२ अंकले घट्यो । यस्तै, जलविद्युत् समूह ७४ अंकले, होटल समूह ६६ अंकले घट्यो भने वाणिज्य बैंक समूहमा पनि २० अंकको गिरावट आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४९ कम्पनीको ५० लाख कित्ता सेयर २ अर्ब ५६ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको एक्सचेन्जले जनाएको छ ।