Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


बुधबार सुनको मूल्य ३ सयले ओरालो लाग्यो


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले झरेर तोलाको ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य मंगलबार तोलामा १ सय रुपैयाँले झरेर तोलाको ५४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले उकालो लागेर तोलाको ८ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजार बुधबार साँझसम्म सुन प्रतिऔंस १२ सय ५५ डलर हाराहारीमा कारोबार भएको थियो ।