Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


सिंचाई सुविधाले किसानको आम्दानी बढ्यो


0
Shares

कमला नदीको कटानले बगर बनेका क्षेत्र र सिंचाई सुविधाको अभावमा घाँसे चौर बनेका जमिनमा एक वर्ष यता बाह्रै महिना सिंचाई सुविधा पुग्न थालेपछि उनीहरुको दिनचर्यामा परिवर्तन आएको हो ।

परम्परागत रुपमा सञ्चालन हुँदै आएको भिमानको कमला सुकेखोला नहरलाई एक वर्षअघि जिल्ला सिंचाई विकास डिभिजन कार्यालयले पुनर्निर्माण गरेपछि आसपासका क्षेत्रमा सिंचाई सुविधा पुगेको हो । अहिले त्यस क्षेत्रका किसानले विभिन्न बाली लगाउन थालेका छन् ।