
बुधबार चीनबाट फर्किएका प्रधानमन्त्री दाहालले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसँग छलफल गरी निर्वाचनको तयारीबारे जानकारी लिएका हुन् ।
त्यसक्रममा प्रधानमन्त्री दाहालले एकै चरणमा देशैभर निर्वाचन हुने र राजनीतिकरुपमा पनि उपयुक्त वातावरण बन्ने बताएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जानकारी दिए ।
प्रधानमन्त्रीसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुले निर्वाचनका लागि भइरहेको तयारीबारे जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्