हुन्डाईका लागि गन्डकी–धौलागिरिको आधिकारिक बिक्रेता एलआई मोटर्स् प्रालि बुद्धचोक, पोखरा सोरुमबाट बिहीबार एक कार्यक्रमकाबीच ‘ग्रान्ड आइटेन’ सार्वजनिक गरिएको हो ।
कम्पनीका अध्यक्ष गणेशबहादुर श्रेष्ठ तथा कार्यकारी निर्देशक सुनील श्रेष्ठले कार सार्वजनिक गर्दै बजारको परिवर्तित चाहना र ग्राहकको बढ्दो आकांक्षालाई प्राथमिकतामा राखेर नयाँ मोडलको गाडी सार्वजनिक गरिएको बताए ।
विभिन्न ६ ओटा मोडलमा उपलब्ध यो गाडीको मूल्य २६ लाख ९६ हजार रुपैयाँदेखि ३४ लाख ५६ हजार रुपैयाँसम्म पर्ने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्