उद्योगमन्त्री नवीन्द्रराज जोशीसँग बिहीबार उद्योग मन्त्रालयमा भेट गर्दै अष्ट्रेलियन राजदूत ह्वाइटले नेपालको विकास प्रयासमा अष्ट्रेलिययन सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेको पनि जानकारी गराइएको छ ।
भेटमा उद्योगमन्त्री जोशीले लघुउद्यम विकास कार्यक्रममा रहेको अष्ट्रेलियन सहयोगको लागि धन्यवाद व्यक्त गर्दै उद्यमशीलता विकास गर्ने उक्त कार्यक्रमले ग्रामीण क्षेत्रमा ७० हजारभन्दा बढी उद्यमी तयार पारिसकेको पनि जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा अष्ट्रेलियन सरकार र युएनडीपीको सहयोग रहँदै अएको छ ।
सो अवसरमा मन्त्री जोशीले लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक कतिपय ऐन–नियम ल्याइसकेको र विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी नयाँ ऐन अन्तिम चरणमा रहेको बताएको पनि जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्