Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


मधेसी मोर्चा सहभागी नभए पनि निर्बाचन हुन्छ: सभापति देउवा


0
Shares

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले मधेसी जनता चुनावको पक्षमा रहेकाले मधेसी दलले भन्दैमा चुनाव नरोकिने बताए ।

उनले मधेसी मोर्चालाई चुनावमा सहभागी गराउने पहल भइरहेको जानकारी दिए । मधेसी मोर्चाले उठाएका सिमांकनबाहेकका अन्य विषयमा तत्काल टुंगो लगाइने उनको भनाइ थियो ।

सभापति देउवाले देशभर तोकिएकै दिन आगामी वैशाख ३१ गते एकै चरणमा चुनाव गरिने समेत बताए ।