विभिन्न दातृ निकायहरुले आज राजधानीमा गरेका कार्यक्रममा सरोकारवालाहरुले गतवर्षको भूकम्पमा आएको सहयोगको सदुपयोग नभएको भन्दै असन्तुष्टिसमेत जनाए ।
उनीहरुले सहयोगको राम्रो व्यवस्थापन गरे मात्र सहयोग निरन्तर हुन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले भूकम्पले अधिकांश ऐतिहासिक धरोहरमा ठूलो क्षती पुगेकाले मौलिकतालाई जोगाउन नसके विश्व सामू नेपालको छबि थप बिग्रने सम्भावना रहेको बताए ।
उनले स्वदेशमै क्षमता पहिचान गरी मौलिकता जोगाउने अभियानमा गम्भिर रुपले लाग्न आग्रह गरे । कार्यक्रममा गतवर्ष गएको भूकम्पबाट भएको क्षतिसम्बन्धी फोटो प्रदर्शन गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्