Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


सङ्घीयतासहितको शिक्षा नियमावली आउँछः प्रधानमन्त्री


0
Shares

गत असारमा ऐन संशोधन भए पनि हालसम्म नियमावली नआउँदा शिक्षा क्षेत्रमा अन्योल उत्पन्न भएको भन्दै आज प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डलले ध्यानाकर्षण गराएपछि उनले सो आश्वासन दिएका हुन् ।

प्रधानमन्त्री दाहालले नयाँ संविधानले स्थानीय तहलाई शिक्षा क्षेत्रमा महत्वपूर्ण अधिकार दिएकाले यसलाई समेत व्यवस्थित गराउने गरी नयाँ शिक्षा ऐन अनुकूलको नियमावली जारी गर्ने तयारी भइरहेको बताए ।

सो अवसरमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन तथा सार्क शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले आफूहरुलाई सङ्घीय संरचनासहितको नियमावली आउँदा कुनै आपत्ति नहुने तर त्यसका नाममा जारी गर्न ढिला गर्न नहुने आग्रह गरे।

सो प्रतिनिधिमण्डलले आजै उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि तथा उपप्रधान एवम् स्थानीय विकासमन्त्री कमल थापालाई पनि सो विषयबारे अवगत गराएको जनाएको छ । रासस