२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


आचारसंहिता विपरित काम गर्ने कर्मचारीलाई पदीय दायित्वबाट मुक्त गरिने


0
Shares

निर्वाचन आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई आजबाट दिन थालेको निर्वाचन सुरक्षासम्बन्धी तालिमको उद्घाटन गर्दै प्रमुख आयुक्त डा. यादवले स्थानीय तहको निर्वाचनका लागि विशेष सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गरे ।

उनले निर्वाचन नजिकिँदै गएका बेला ठूलो संख्यामा प्रहरी सरुवा नगर्नसमेत सुझाव दिए । निर्वाचनका वेला विशेष गरी महिला उम्मेदवारलाई धम्कि आउन सक्ने भएकाले यसबारे सतर्कता अपनाउन सुरक्षा निकाएलाई उनको आग्रह थियो ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचनमा सहयोग गर्न राजनीतिक दल, सुरक्षा निकाय, नागरिक समाजलगायत सबैलाई आग्रह गरे ।