Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


कांग्रेसले निर्बाचनका लागि आन्तरिक तयारी थाल्यो


0
Shares

शुक्रबार पार्टी मुख्यालय सानेपामा बसेको काँग्रेसको निर्वाचन परिचालन समितिको बैठकमा स्थानीय तहको निर्वाचन, पार्टीका एजेण्डा र उम्मेद्वार छनौटको मापदण्ड लगायतका विषयमा छलफल भएको छ ।

बैठकले जनतालाई थप अधिकार सम्पन्न बनाउनका लागि स्थानीय तहको निर्वाचन महत्वपूर्ण हुने भन्दै चुनावी अभियानमा एकतावद्ध भएर लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिएको छ ।

बैठकले सर्वसम्मतिबाट जनताबीच लोकप्रिय, सामाजिक काममा क्रियाशिल र अनुशासित कार्यकर्तालाई सर्वसम्मतिबाट उम्मेद्वार बनाउने गरी लाग्न जिल्ला र क्षेत्रीय समितिहरुलाई निर्देशन समेत दिएको छ ।