
नगरकोटमा हुने चार दिने प्रतिस्पर्धामा १७ देशका ८१ साईकल राईडरहरुले प्रतिस्पर्धा गर्नेछन् ।
क्रस कन्ट्री र डाउनहिल माउन्टेन बाईकिङको मिश्रणबाट उत्प्रेरीत यो साईक्लीङको साहसिक विधा हो ।
नेपालमा नार्ली माउण्टेन बाईकको आयोजनामा हुने यो प्रतियोगिता हाल एसियाका चार राष्ट्रहरु नेपाल, ईण्डोनेसिया, फिलिपन्स र भियतनाममा संचालन हुँदै आएको छ ।
नगरकोटका पहाडी सात चरणमा आयोजना हुने रेसको डाउन हिल अर्थात ओरालो खण्डको समय हेरिनेछ भने लायजन अर्थात उकालो खण्डमा समय गणना हुने छैन । तर पनि खेलाडीहरुले दुबै चरण पार गर्नुपर्छ ।
सात चरणको अन्त्यमा सबैभन्दा कम समय निकाल्ने खेलाडी विजेता घोषित हुनेछ ।
प्रतियोगिताको पहिलो संस्करणमा पुरुषतर्फ फ्रान्सका फ्लोरेन्ट पोईलन्ट र महिलातर्फ बेल्जियमकी क्रिष्टिन निलिनले उपाधि जितेका थिए ।
प्रतिक्रिया दिनुहोस्