२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


पाकिस्तानको मस्जिदमा बिस्फोट, २२ जनाको मृत्यु, ७० घाईते


0
Shares

घटनामा ७० जना घाइते भएका छन् । उत्तरी पाकिस्तानको परचिनारस्थित शिया समुदायको बाहुल्यता रहेको क्षेत्रमा बिस्फोटक पदार्थले भरिएको कार प्रवेश गराई बिस्फोट गराइएको जनाइएको छ ।

घाइतेहरुको अवस्था गम्भीर रहेका कारण रक्तदान गर्न पाकिस्तान सरकारले अपील गरेको छ । बिस्फोटका कारण मस्जिद वरपरको पसल र बजार पूर्ण रुपमा ध्वस्त भएका छन् ।

यसैबीच पाकिस्तानी प्रधामन्त्री नवाज शरीफले घटनाप्रति खेद ब्यक्त गर्दै आतातायी घटनाले पाकिस्तान स्तब्ध भएको प्रतिक्रिया दिएका छन् ।

यो बर्ष मात्रै पाकिस्तानमा आतंककारी घटनामा २ सय भन्दा बढीको ज्यान गईसकेको छ भने गत महिना भएको बिस्फोटमा ८० भन्दा बढीको ज्यान गईसकेको छ । (एजेन्सी)