Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


प्रदेश सरकारले ल्याएको कार्यक्रम स्थानीय तहले कार्यान्वयन नगरेको गुनासो


0
Shares

भैरहवा, फागुन १३ । प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारले ल्याएको कार्यक्रम स्थानीय तहहरुले कार्यान्वयन नगरेको गुनासो गरेका छन् ।

सोमबार भैरहवामा आयोजित मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको अभिमुखीकरण गोष्ठीमा उनले स्थानीय तहले ग्रामीण विकास कार्यक्रम अगाडि नबढाइदिँदा समस्या भएको बताए ।

प्रदेशमा रहेको गरिबी अन्त्य गर्ने योजनास्वरुप मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम आएको भन्दै उनले तीन वर्षभित्र गरिबी अन्त्य हुनेगरी कार्यान्वयन गर्न स्थानीय तहलाई आग्रह गरे ।