Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


प्रदेशहरुको सिमांकनका लागि शक्तिशाली आयोग बनाउन एकमत


0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहालले आज बालुवाटारमा डाकेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चाको बैठकमा त्यस्तो सहमति जुटेको दाबी नेताहरुले गरेका हुन् ।

सिमांकनका लागि आयोग बनाउने र बाँकी विषयलाई संविधान संशोधनबाट टुंग्याउने सहमति भएको र अब प्रधानमन्त्री दाहालले अन्य पक्षहरुसंग वार्ता गरेर निर्णयमा पुगिने दाबी गरिएको छ ।

तर मधेसी मोर्चामा आवद्ध दलहरुले आफूहरुको अडान यथावत रहेको भन्दै सिमांकन नै बटम लाइन भएको जिकीर गरेका छन् ।

सत्ताधारी दलले भने आजको वैठकमा कांग्रेस सभापति शरबहादुर देउवा र राप्रपा अध्यक्ष कमल थापा उपस्थित नभएकाले ठोस निर्णय नगरिएको दाबी पनि गरेका छन् ।