Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


तरकारी बजार व्यवस्थापनका लागि ८८ लाख रुपैयाँ बजेट


0
Shares

तरकारी बजारलाई व्यवस्थित गर्दै बजार व्यवस्थापनका लागि ८८ लाख रुपैयाँ बजेट विनियोजन गर्दै आयोजनाले ट्रष्ट निर्माण थालेको हो ।

यहाँको साप्ताहिक हटिया लाग्ने ठाउँलाई व्यवस्थित बनाउँदै सोही स्थानमा जम्मा १२ सटर हुने गरी सब्जी मण्डी बनाइने आयोजना प्रमुख द्रोण मानदेव कटुवालले बताए ।

यसरी निर्मित भवनहरूमा फलफूल र तरकारीको भण्डारण गरी किनबेच हुनेछ ।

सोही योजनामा हटिया क्षेत्रभित्र पर्ने गरी एउटा सार्वजनिक शौचालयको निर्माण लगायत हटिया लाग्ने क्षेत्रको घेराबारा गर्नुका साथै बस्ने बेन्चहरूको समेत निर्माण गरिने जनाइएको छ ।

सब्जी मण्डी निर्माणको काम सुरु भइसकेकाले यही आर्थिक वर्षभित्रै काम सकिने आयोजनाले जनाएको छ ।

सरकारले बसन्तपुरलाई नयाँ शहरको रुपमा विकास गरी आगामी २० वर्ष भित्रमा एक लाख जनसंख्या बसाउने योजना लागु गरेको छ ।

बसन्तपुर पुर्वी पहाडी जिल्लाहरु तेह्रथुम, धनकुटा र संखुवासभाका दर्जन बढी गाविसको व्यापारिक केन्द्र हो ।