२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


चीनको सिनजियाङमा लामो दाह्री पाल्न र अनुहार ढाक्ने वस्त्र लगाउन प्रतिबन्ध


0
Shares

उक्त कानूनले इस्लाम धर्म मान्ने उइगर जातिलाई असाधारण रुपमा ठूलो दाह्री पाल्न र सार्वजनिक स्थलमा अनुहार ढाक्ने गरी वस्त्र लगाउन प्रतिबन्ध लगाएको हो ।

अब उप्रान्त उइगर समुदायका केटाकेटीहरुले सरकारी विद्यालयमा नै अध्ययन गर्नुपर्नेछ । आलोचकहरुले नयाँ कानूनले आफ्नो थातथलोको संस्कृति लोप हुने खतरा वढेको वताएका छन् ।

नयाँ व्यवस्थाहरुमा एकदमै लामो दाह्री पाल्न नदिने, सार्वजनिक स्थलमा मुख ढाक्ने गरी बुर्का सहितका कपडा लगाउन नमिल्ने र सरकारी टेलिभिजन हेर्न अस्वीकार गर्न नमिल्ने सहितका प्रावधान छन ।

त्यसबाहेक बालबालिकालाई सरकारी विद्यालयमा पढाउनबाट रोक्न नमिल्ने, परिवार नियोजनका नीतिहरु पालना गर्नुपर्ने, धार्मिक मान्यता अनुसार मात्रै विवाह गर्न नहुने जस्ता व्यवस्था राखिएको रोयटर्स समाचार संस्थाले जनाएको छ । (एजेन्सी)